
दार्जिलिङ, 02 मार्च (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउ 2026 लाई केन्द्र गरेर दार्जिलिङ बजारमा केन्द्रिय बलको एक कम्पनी तैनात गरिएको छ। आजदेखि दार्जिलिङको सदर थानाबाट रुट मार्च शुरू गरिएको बताइएको छ। दार्जिलिङ टाउन, डीएसपी उज्ज्वल सरकारले दार्जिलिङ लगायत पुलबाजार अनि जोरबंगलो क्षेत्रमा पनि रुट मार्च गरिने बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक