
खरसाङ, 02 मार्च (हि.स.)। विभिन्न माग र विभिन्न विषयमा जीटीए कर्मचारी संगठनको सभा खरसाङको आज गिद्ध पहाडस्थित जीटीएको शाखा सचिवालयमा सभा सम्पन्न भयो। उक्त सभा सुदेश थापाको अध्यक्षतामा सम्पन्न भयो।
सभामा जीटीए कर्मचारी संगठनको केन्द्रिय उप सभापति रबि तोलङ्गी, खरसाङ महकुमा समितिका सचिव बिजय प्रधान, कोषाध्यक्ष दिनेश तामाङ, कार्यकारी सदस्य राजेस प्रधान र मनिष प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। सभामा जीटीए कर्मचारी संगठनका विविध मागहरु विषयमा चर्चा परिचर्चा गरियो भने गत केही समय अघि कोलकाता गएको विषयमा जानकारी गराइयो।
यसका साथै जीटीए कर्मचारी संगठनका विविध माग र विभिन्न समस्याहरु जीटीए प्रमुख अनित थापाको सहयोग र अगुवाईमा समाधान हुने आशा व्यक्त गरिएको जीटीए कर्मचारी संगठन खरसाङ महकुमा समितिका सचिव बिजय प्रधानले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक