वाहन दुर्घटनामा परेर एक व्यक्तिको मृत्यु
Accident


गान्तोक, 02 मार्च (हि.स.)। सिङताम पुलिस थाना क्षेत्र अन्तर्गत डिक्चु मार्गमा पर्ने लोवर कम्बलमा भएको सड़क दुर्घटनामा परेर एक व्यक्तिको मृत्यु भएको छ भने एक अन्य घाइते भएका छन्। मृतक व्यक्तिको नाम अर्जुन राई बताइएको छ। 52 वर्षीय मृतक 9 माइल, मार्चक निवासी थिए।

पुलिस रिपोर्टका अनुसार, दुर्घटना आइतवार अबेर राति डिक्चु मार्ग अन्तर्गत लोवर कम्बलमा भएको हो। दुर्घटनामा परेर अर्जुन राईको घटनास्थलमै मृत्यु भयो। वाहन मृतक राईले चलाइरहेका थिए। उनीसॅंगै यात्रा गरिरहेका एक अन्य व्यक्तिलाई चोटपटक लागेको छ। उनलाई चिकित्सा उपचारको लागि एसटीएनएम अस्पताल लगियो। दुर्घटनाको समय उनीहरू डिक्चुतिरबाट साम्दोङ कलोनीतिर गइरहेका थिए।

दुर्घटनाको कारण थाहा लागेको छैन। पुलिसले मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande