एसएससी घोटाला मामिलामा पार्थ र अर्पितालाई फेरि डाकियो
एसएससी घोटाला मामिलामा पार्थ र अर्पितालाई फेरि डाकियो


कोलकाता, 02 मार्च (हि.स.)। एसएससी (स्कूल सर्भिस कमिशन) भर्ती घोटालासित सम्बन्धित मनी लण्ड्रिंग मामिलामा पार्थ च्यटर्जी र उनकी निकटवर्ती अर्पिता मुखर्जिको समस्या फेरि एकपटक बढ़्नेवाला छ। प्रवर्तन निदेशालय (ईडी)-ले दुवैलाई जाँचबुझको लागि बोलाउने फसेला लिएको छ।

सूत्र मुताविक होली (दोल) पछि उनीहरूलाई ईडी कार्यालयमा पेश हुन भनिनेछ। जानकारी अनुसार, एसएससी घोटालाको जाँच अवधि केही महत्वपूर्ण बिन्दुहरूमाथि पार्थ च्यटर्जी र अर्पिता मुखर्जीको नाम सामु आएको छ। यसै आधारमा ईडी अलग-अलग जाँचबुझ गरी मामिलासित सम्बन्धित तथ्यहरूको पुष्टि गर्न चाहन्छ।

ईडी सूत्र मुताविक एसएससी भर्ती घोटालासित सम्बन्धित मनी ट्रेल र अन्य दस्तावेजहरूको जाँचमा कतिपय ठाउँमा दुवैको भूमिका संदिग्ध पाइएको छ। यसै क्रममा जाँचबुझ गर्ने निर्णय लिइएको हो। मंगलवार होली भएको र सप्ताहभरि छुट्टी भएको कारणले तत्काल जाँचबुझ गर्ने सम्भावना कमै छ।

ईडी सूत्र अनुसार आगामी 16-18 मार्चमा पार्थ च्यटर्जी र अर्पितालाई समन पठाउनसक्छ। दुवैसित भिन्न-भिन्न जाँचबुझ गरेर अनुसन्धालाई अगाड़ि बढाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande