भूकम्पको झट्काले फेरि हल्लायो सिक्किम
भूकम्प


गान्तोक, 21 मार्च (हि.स.)। सिक्किममा विगत केही समय यता लगातार भूकम्प आउने क्रम जारी छ। शनिवार राति पनि भूकम्पको हल्का झट्का महसुस गरियो। भूकम्पको केन्द्र उत्तर सिक्किमको मङ्गन जिल्ला थियो।

नेशनल सेन्टर फर सिस्मोलोजीको रिपोर्टका अनुसार, शनिवार राति लगभग 8:46 बजी सिक्किममा भूकम्पको हल्का झट्का महसुस गरियो। भूकम्पको केन्द्र मङ्गन जिल्ला थियो भने यसको तीव्रता रिक्टर स्केलमा 4.1 रेकर्ड गरिएको छ। भूकम्पको झट्का सिक्किमका सबै जिल्लाहरूमा महसुस गरियो। समाचार लेखुन्जेलसम्म भूकम्पले जनधनलाई क्षति पुऱ्याएको सूचना प्राप्त भएको छैन।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande