भगत सिंह, राजगुरु एवं सुखदेवको बलिदान इतिहासमा स्वर्णाक्षरहरूमा अंकित छ: केशव प्रसाद मौर्य
भगत सिंह, राजगुरु एवं सुखदेवको बलिदान इतिहासमा स्वर्णाक्षरहरूमा अंकित छ: केशव प्रसाद मौर्य


-भगत सिंह, राजगुरु तथा सुखदेवको त्यागबाट ‘राष्ट्र प्रथम’ -को प्रेरणा पाइन्छ

लखनऊ, 23 मार्च (हि.स.)। उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले मंगलवार महान क्रान्तिकारी अमर बलिदानी भगत सिंह, राजगुरु एवं सुखदेवलाई उनीहरूको बलिदान दिवसमा विनम्र श्रद्धाञ्जली अर्पण गरे।

उपमुख्यमन्त्रीले आफ्नो क्याम्प कार्यालय-7 कालिदास मार्गमा यी अमर बलिदानीहरूको स्मृति-चित्रमा माल्यार्पण एवं पुष्पाञ्जली अर्पण गरे। मौर्यले भने, राष्ट्रको स्वतन्त्रताका लागि उनीहरूको अदम्य साहस, त्याग औ बलिदान भारतीय इतिहासमा स्वर्णाक्षरहरूमा अंकित छ। उनले भने, यी अमर शहीदहरूको वीरगाथा प्रेरणाको श्रोत मात्र होइन प्रत्येक नागरिकलाई राष्ट्रको लागि समर्पित जीवन जिउन र हरेक चुनौतीको साहसपूर्वक सामना गर्ने शक्ति एवं साहस पनि प्रदान गर्छ।

मौर्यले भने, शहीद भगत सिंह, राजगुरु एवं सुखदेवको अप्रतिम साहस, अद्वितीय देशभक्ति तथा सर्वोच्च बलिदान राष्ट्रको चेतनामा सदैव जीवन्त रहनेछ। उनीहरूको आदर्शले हामी सबैलाई ‘राष्ट्र प्रथम’- को संकल्प लिएर निरन्तर अगाड़ि बढ़्नको लागि प्रेरित गर्दछ। उपमुख्यमन्त्रीले प्रदेशवासीहरूलाई आह्वान गरे, उनीहरूले ती महान क्रान्तिकारीहरूको आदर्शलाई आफ्नो जीवनमा आत्मसात गर्दै राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गरुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande