
-मुख्यमन्त्री योगी आदित्यनाथले ‘जनता दर्शन’- मा आएका सैनिकहरूलाई पारे आश्वस्त
लखनऊ, 23 मार्च (हि.स.)। मुख्यमन्त्री योगी आदित्यनाथले भने, तपाईहरू चिन्तामुक्त भएर देशको सेवा गर्नुहोस्। तपाईहरूको परिवार सहित प्रदेशका 25 कड़ोर जनताको सेवा, सहुलियत, सुरक्षा अनि सम्मान सरकारको जिम्मा हो। सरकार यसलाई लिएर पहिलो दिनदेखिकै गम्भीर छ।
मुख्यमन्त्री योगीले सोमवार आफ्नो आवासमा आयोजित ‘जनता दर्शन’- मा केही जिल्लाहरूबाट आएका सैनिकहरूलाई सम्बोधन गरिरहेका थिए। मुख्यमन्त्रीले सैनिकहरूको समस्या हुने अनि उनीहरूलाई आश्वस्त पारे कि उनीहरू निश्चिन्त भएर घर जाउन्। सरकारले हरेक समस्याको उचित निराकरण गराउने छ। ‘जनता दर्शन’- मा विभिन्न जिल्लाहरूबाट पुलिस, जमीनी विवाद, आर्थिक सहायता एवं स्थानान्तरण आदिसित सम्बन्धित मामिलाहरू आए। मुख्यमन्त्रीले एउटा-एउटा गरी सबैको समस्या सुने, प्रार्थना पत्र लिएर अधिकारीहरूलाई समयमै उचित समाधान गर्ने निर्देश दिए। यीमध्ये केही मामिलाहरू जमीन विवादसित सम्बन्धित पनि थिए।
योगीले उनीहरूको प्रार्थना पत्र लिए अनि स्थानीय जिल्ला प्रशासन तथा पुलिस अधिकारीहरूलाई निर्देश दिए, देशको सीमा र आन्तरिक सुरक्षामा तैनाथ जवानहरूसित सम्पर्क गरियोस्। उनीहरूको समस्याको कुनै पनि स्थितिमा समय-सीमाभित्रमा उचित समाधान गरेर पीड़ित परिवारहरूलाई सन्तुष्ट बनाइयोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा