नासिक दुष्कर्म मामिलाको राजनीतिकरण हुनु हुँदैन, जाँच जारी छः मुख्यमन्त्री
नासिक दुष्कर्म मामिलाको राजनीतिकरण हुनु हुँदैन, जाँच जारी छः मुख्यमन्त्री


मुम्बई, 23 मार्च (हि.स.)। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले सोमवार विधानसभामा भने, नासिक दुष्कर्म मामिलाको राजनीतिकरण गरिनु हुँदैन। यो ममिला धेरै गम्भीर छ र महिलाहरूको अस्मितासित जोड़िएको छ। मुख्यमन्त्रीले सभागृहलाई आश्वस्त पारे, मामिलाको गहन अनुसन्धान गरिनेछ।

मुख्यमन्त्री फडणवीसले सभागृहलाई बताए, नासिक दुष्कर्म मामिला अत्यन्त गम्भीर छ। यस मामिलालाई स्वतः पुलिसले अगाड़ि ल्याएको हो र गहन अनुसन्धान गरिरहेको छ। यस मामिलामा पुलिसको कारबाहीलाई देखेर पीड़ित महिलाले अब सामु आएर सिकायत गरिरहेकी छे। त्यसैले हरेक दिन नयाँ-नयाँ जानकारी सामु आइरहेको छ भने सबैको जाँच गरिँदैछ। आगामी दिनमा अन्य पीड़ित महिलाहरू पनि सामु आउनेछन्। त्यसैले यस मामिलाको विस्तृत जाँचपछि नै सम्पूर्ण जानकारी सरकारले सभागृहलाई दिनेछ।

मुख्यमन्त्रीले सभागृहमा यो पनि भने, यस मामिलामा विपक्षले जुन ढंगमा जाँच गर्न चाहन्छ, त्यै ढंगमा जाँच गरिनेछ, तर यस मामिलाको राजनीतिकरण गरिनु हुँदैन। कंग्रेस पार्टीका वरिष्ठ विधायक विजय वडेट्टीवारले यस मामिलाको सभागृहलाई स्थगित गर्ने माग सोमवार विधानसभामा गरेका छन्। उनले भने, यस मामिलाले महाराष्ट्रको अस्मिता प्रभावित भएको छ। राज्य सरकारका केही मन्त्रीहरू यस मामिलाका आरोपी अशोक खरातका भक्त थिए।

महाराष्ट्र राज्य महिला आयोगकी अध्यक्षा रुपाली चाकणकरले राजीनामा यसै मुद्दामा दिएकी हुन्। यही न्याय आरोपी अशोक खरात समक्ष जाने मन्त्रीहरूमाथि पनि लागू हुनुपर्छ। यसै मुद्दामा कंग्रेस नेता नेना पटोल र शिवसेना यूबीटीका नेता भास्कर जाधवले पनि आफ्नो विचार व्यक्त गर्दै आरोपी अशोक खरातका भक्त मन्त्रीहरूको रीजानामाको माग गरे।

अध्यक्ष राहुल नार्वेकरले भने, उनले यस विषयमा यहाँ चर्चा गर्ने अनुमति दिने छैनन्, यसको लागि अन्य नियमहरू अन्तर्गत सभागृहमा चर्चा गर्न सकिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande