
गुवाहाटी, 23 मार्च (हि.स.)। अल इण्डिया यूनाइटेड डेमोक्रेटिक फ्रण्ट (एआईयूडीएफ) प्रमुख बदरूद्दीन अजमलले विपक्षी गठबन्धनमाथि धारिलो प्रहार गर्दै भने, यो गठबन्धनल भारतीय जनता पार्टी (भाजपा)-लाई सत्तामा आउनदेखि रोक्न सक्दैन।
एआईयूडीएफ प्रमुखले दाबी गरे, विपक्षी गठबन्धनमा न त पर्याप्त शक्ति छ न एकजुटता नै जसकारण यसले भाजपालाई प्रभावकारी चुनौती दिन सक्दैन। अजमलले गए राती एक कार्यक्रमा सामेल भएपछि पत्रकारहरूसित बातचित गरिरहेका थिए।
कंग्रेसलाई लक्षित गर्दै अजमलले उसलाई “साम्प्रदायिक दल” बताए साथै आरोप लगाए, त्यसैले सबै मुस्लिम मतदाताहरूले कंग्रेसलाई भोट दिँदैनन्।
उनले विपक्षी गठबन्धनको विश्वसनीयता र एकतामाथि पनि प्रश्न उठाउँदै भने, भाजपा अहिले पनि राज्यमा एक सशक्त राजनीतिक शक्तिको रूपमा कायम छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा