
दार्जीलिङ, 23 मार्च (हि.स.)। जिल्लाको खरसाङ महकुमा अन्तर्गत मंग्पुमा सोमवार सबेरै भीषण आगलागी भयो जसले ठूलो नोक्सान पुऱ्याएको छ। यस घटनामा चार वटा दोकान र दुई वटा घर जलेर खरानी भएको छ।
जानकारी अनुसार चौरस्ता क्षेत्रमा अवस्थित एउटा घरबाट आगो लाग्न शुरू भयो जुन हेर्दा-हेर्दै वरपरका घर अनि दोकानहरूसम्म फैलियो। पहाड़को तीव्र हावाको कारण आगोले चाँड़ै विकराल रूप धारम गऱ्यो जसबाट काठ र टिनले बनिएको घर अनि दोकानहरू जलेर स्वाहा भयो।
यस दुर्घटनामा चार वटा घर अनि दुई वटा दोकान पूर्ण रूपले जलेक छ। घरका सामान, आवश्यक दस्तावेज, नगद तथा दोकानको सामान केही पनि बचेन सबै आगोले नष्ट बनाइदियो। नोक्सानको आँकड़ा लाखौं रहेको बताइएको छ।
आगो लाग्नसाथ स्थानीय मानिसहरूले आगो निभाउने चेष्टा गरे साथै दमकललाई पनि सूचित गरे। घटनास्थलमा पुगेका दुई वटा दमकल परिश्रम गरेर आगोलाई नियन्त्रण गऱ्यो।
यस घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको खबर छैन। शुरूआती जाँचमा आगलागीको कारण शर्ट सर्किट रहेको मानिंदैछ। पुलिस अनि प्रशासनका अधिकारीहरूले घटनास्थलमा पुगेर स्थितिको जायजा लिरहेका छन्। प्रभावित परिवारहरूलाई सहयोग गर्ने प्रक्रिया पनि शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा