
गुवाहाटी, 23 मार्च (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- की महिला नेता एवं असम सरकारकी क्याबिनेट मन्त्री औ हाफलोंगबाट वर्तमान विधायक नन्दिका गार्लोसा गए राती भरतीय राष्ट्रिय कंग्गरेसमा सामेल भइन्। यो सामेल हुने प्रक्रिय कंग्रेसको हाफलोंग उम्मेद्वार निर्मल लांग्थासा र असम प्रदेश कंग्रेस कमिटी (एपीसीसी)- का महासचिवको उपस्थितिमा भएको हो। मानिँदैछ, आज नन्दिताले हाफलोंगबाट कंग्रेसको टिकटमा नामांकन दरता गर्नेछन्।
नन्दिता गार्लोसाले यो कदम त्यसबेला उठाएकी छन् जतिबेला भाजपाले यसपालि उनलाई चुनावी मैदानमा नउतार्ने फसेला गर्दै उनको स्थानमा नयाँ अनुहार रूपाली लांग्थासालाई चुन्यो।
भाजपाका उम्मेद्वारहरूको सूचीमा गार्लोसाको नाम नहुनु धेरै चर्चाको विषय भएको छ, विशेष गरी यस्तो परिस्थितिमा कि उनी वर्तमान असम क्याबिनेटकी मन्त्री हुन्। यस वर्ष केही विधायकहरूलाई टिकट दिइएन जस्तो कि मुख्यमन्त्रीले पुष्टि गरेका छन्, पार्टीले चुनावी लाइनअपमा नयाँ अनुहारहरूलाई मौका दिएको छ।
कंग्रेसले गार्लोसा सामेल भएकोलाई हाफलोंगंमा पार्टीको लागि ठूलो प्रेरणा तथा चुनाउपूर्व पार्टीका सम्भावनाहरूलाई अझ पक्का बनाउने कदम बताएको छ।
अर्कोतिर असम प्रदेश भाजपा अध्यक्ष एवं सांसद दिलीप सैकियाले नन्दिताको सम्बन्धमा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भने, नन्दिता गार्लोसाले पार्टी छाड़ेर नगएकी भए यो उनको परिपक्व निर्णय हुन्थ्यो। यदि भाजपालाई छोड़ेर गएकी छन् भने त्यो उनको निजी निर्णय हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा