मुख्यमन्त्री सरमाले भने, हीरेन गोगोई ‘कांग्रेस समर्थक’ हुन्, भाजपामा असन्तोष छाएको कुरालाई अस्वीकार गरे
मुख्यमन्त्री सरमाले भने, हीरेन गोगोई ‘कांग्रेस समर्थक’ हुन्, भाजपामा असन्तोष छाएको कुरालाई अस्वीकार गरे


गुवाहाटी, 23 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमले प्रख्यात बुद्धिजीवी डा. हिरेन गोहाईंमाथि तीव्र हमला गर्दै उनलाई स्पष्ट रूपमा “कंग्रेसी” बताए। उनले भने, नरेन्द्र मोदी प्रधानमन्त्री भएदेखि नै गोहाईले लगातार उनको विरोध गर्दै आइरहेका छन्।

बाजपेयी भवनमा आयोजित भाजपाको महत्वपूर्ण बैठकपछि गए राती सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भने, ‘सम्मिलित नागरिक मञ्च’-लाई ‘सम्मिलित कंग्रेस मञ्च’- को रूपमा नामांकित गरिनुपर्छ। उनले आरोप लगाए, यो मञ्चले परोक्ष रूपमा कंग्रेसको समर्थनमा काम गरिरहेको छ।

मुख्यमन्त्रीले शिवसागरको राजनीतिक परिदृश्यमाथि पनि टिप्पणी गर्दै भने, यहाँका जनताले सत्तासिन दलका एकजना प्रतिनिधिलाई अपेक्षा गरिरहेका छन्। उनले भने, भाजपलेा शिवसागरमा उम्मेद्वारिता गर्छ कि गर्दैन, यसमाथि सहयोगी दल असम गण परिषद (अगप)-सित बातचित गरेपछि नै निर्णय लिइनेछ।

भाजपाभित्र असन्तोष फैलिएको खबरलाई खारेज गर्दै सरमाले बने, एक-दुईजना मानिसहरू बाहेक पार्टीमा त्यस्तो खासै असन्तोष छैन। उनले बताए,अमित भुइँचालाई भाजपाको राज्य समितिका उपाध्यक्ष नियुक्त गरिएको छ। मीडियामा चलिरहेका खबरहरूको खण्डन गर्दै मुख्यमन्त्रीले भने, निहार रञ्जन दास सहित अन्य नेताहरूमा कुनै पनि प्रकारको असन्तोष छैन। चुनाउपूर्व भाजपा पूर्ण रूपले एकजुट छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande