
शोणितपुर (असम), 23 मार्च (हि.स.)। असमको ढेकियाजुलीस्थित रबरतलामा गए राती भएको भयानक सड़क दुर्घटनापछि प्रशासनले मृतकहरूलाई चिन्हित गरिसकेको छ भने गम्भीर रूपमा घाइते व्यक्तिको उपचार भइरहेको छ। दुर्घटनामा आठजना मानिसहरूको मृत्यु भएको थियो।
पुलिस सूत्र अनुसार मृतकहरूको पहिचान समीज नाथ, सन्ध्यामनि नाथ, बिश्वेस नाथ, कुनाल कर्मकार, विजय हानसा, सुजिता गौड़ र हरि मादगिरको रूपमा भएको छ। यीमध्ये तीनजना एउटै परिवारका सदस्यहरू रहेको बताइएको छ जसले गर्दा क्षेत्रमा गहिरो शोक व्याप्त भएको छ।
गम्भीर रूपमा घािते महेश माझीको उपचार तेजपुर मेडिकल कलेज एण्ड हस्पिटलमा भइरहेको छ जहाँ उसको स्थिति नाजुक रहेको छ। डाक्टरहरूको टीमले निरन्तर निगरानी गरिरहेको छ।
यता पुलिसले दुर्घटनाको कारण पत्तो लगाउन द्रूत गतिमा जाँंच गरिरहेको छ। प्रारम्भिक जाँचमा द्रूत गति र आपस्तमा ठक्करलाई दुर्घटनाको मुख्य कारण मानिँदैछ। स्थानीय प्रशासनले मृतकहरूको परिवारलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा