शब्द समयले मनायो विश्व कविता दिवस
World poetry day


सालबारी, 23 मार्च (हि.स.)। शब्द समय सालबारीले गत शनिवार विश्व कविता दिवस पालन गरेको छ। सलाबारीको जयशोदा भवनमा पालन गरिएको विश्व कविता दिवस कार्यक्रममा वरिष्ठ कवि मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, कवि एवं समालोचक प्रा. डा सञ्जय बान्तवा लगायत कविहरू क्रमैले जीतबहादुर सुनार, प्रणय शङ्कर, निर्मल सिन्चुरी, मणिका प्रधान गुरुङ, रोमा छेत्री, पूर्ण मगर, प्रदीप शेर्पा, भाष्कर शर्मा मैनाली, भूमिका राई, श्रवणकुमार प्रधान आदिले कविता वाचन गरेका थिए।

शब्द समयका संयोजक निर्मल सिन्चुरीले सञ्चालन गरेका यस कार्यक्रममा लेखक आईएन शर्मा पनि उपस्थित थिए। शब्दका खेतीमा जीवन खिप्ती गर्दै आइरहेका साहित्यकारहरूका ‘शब्द समागम’ शब्द समयले प्रति वर्ष विश्व कविता दिवस पालन गर्दै आइरहेको छ।

उल्लेखनीय छ, प्रत्येक वर्ष 21 मार्चका दिन विश्व कविता दिवस पालन गरिन्छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande