एसकेएमले नाम्ची, पाकिम, मङ्गन, सोरेङ, गेजिङ, जोरथाङ, सिङताम र रम्फूका लागि उम्मेदवारहरू घोषणा गऱ्यो
एसकेएमले नाम्ची, पाकिम, मङ्गन, सोरेङ, गेजिङ, जोरथाङ, सिङताम र रम्फूका लागि उम्मेदवारहरू घोषणा गऱ्यो


गान्तोक, 23 मार्च (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आगामी आम नगरपालिका चुनाउ 2026 का लागि आज उम्मेदवारहरूको नाम जारी गरेको छ। राज्य चुनाउ आयोगले आज नगरपालिका चुनाउ 2026 घोषणा गर्दै आगामी 24 अप्रेलका दिन मतदान र 25 अप्रेलका दिन मतगणना हुने बताएको छ।

एसकेएमले रम्फू नगर पञ्चायतको माझीटार वार्डका लागि सञ्जु मंगर, माइनिङ वार्डका लागि राधा प्रधान, मण्डी बजार वार्डका लागि सन्जिव कुमार खाती, रम्फू अप्पर बजार वार्डका लागि पिन्कु कुमार प्रसाद र चानाटार वार्डका लागि लारिस्ना तामाङलाई उम्मेदवार बनाएको छ।

यसरी नै सिङताम नगर पञ्चयतको पिपल डॉंडा वार्डका लागि याद कुमारी कामी, डॉंडागॉंउ वार्डका लागि मुकेश अग्रवाल, मन्दिर लाइन वार्डका लागि बिन्द्या सुब्बा, लाल बजार वार्डका लागि किशोर छेत्री र चिसोपानी वार्डका लागि सुरेश कुमार तामाङलाई उम्मेदवार बनाएको छ।

मङ्गन नगर पञ्चायतको अप्पर मङ्गन बजार वार्डका लागि छिरिङ पिन्चो सेरिङ, पेन्टोक वार्डका लागि फुर्कित लेप्चा, पावर कलोनी वार्डका लागि नर्बु रिन्छेन लेप्चा, रिन्जिङ नामग्याल मार्ग वार्डका लागि हुङ्गु लाचेनपा र लोवर मङ्गन बजार वार्डका लागि छिरिङ डोमा भोटियालाई एसकेएमले उम्मेदवार बनाएको छ।

गेजिङ नगर पञ्चायतको क्योङ्गसा वार्डका लागि रिन्जिङ भोटिया, ब्यादुङ वार्डका लागि प्रवीण दर्जी, नयॉं बजार वार्डका लागि लाकी डोमा भोटिया, सेण्ट्रल वार्डका लागि सुमन मित्तल र न्यू गेजिङ वार्डका लागि खिनामाया तिवारीलाई उम्मेदवार बनाएको छ।

नयॉं बजार जोरथाङ नगर पञ्चायतको शान्तिनगर वार्डका लागि सुनिल कुमार गुप्ता, त्रिकालेश्वर वार्डका लागि मन्जरी राई, डॉंडागाउॅं वार्डका लागि उमा सुनार विश्वकर्म, माझीगाउॅं वार्डका लागि साम्तेन मोक्तान र नयॉं बजार वार्डका लागि रन्दिप छेत्रीलाई उम्मेदवार बनाएको छ।

यसरी नै सोरेङ नगर पञ्चायतको सिङलिङ वार्डका लागि शान्तिकला लिम्बू, डॉंडा बजार वार्डका लागि अशोक प्रधान, सोरेङ बजार वार्डका लागि दिना हाङ्गमा सुब्बा, प्रगति चोक वार्डका लागि दिलीप प्रसाद जोगी र डॉंडागाउॅं वार्डका लागि भारती तामाङलाई उम्मेदवार बनाएको छ।

पाकिम नगर पञ्चायतको कार्थोक वार्डका लागि इन्चुङ भोटिया, डुगालाखा वार्डका लागि रोजी गुरुङ, बस्नेत गाउॅं वार्डका लागि भीममाया छेत्री, पाकिम बजार वार्डका लागि राकेश बस्नेत र डिक्लिङ छलमथाङ वार्डका लागि सन्चमाया तामाङलाई उम्मेदवार बनाएको छ।

यसै क्रममा नाम्ची नगर परिषदको गाङग्याप वार्डका लागि सरस्वती शर्मा, दम्बुडॉंडा वार्डका लागि अनु छेत्री, अप्पर घुर्पिसे वार्डका लागि पेम नर्बु भोटिया, लोवर घुर्पिसे वार्डका लागि ममता कालिकोटे, अप्पर बूमटार वार्डका लागि लकी तामाङ, अप्पर सिङ्गीथाङ वार्डका लागि गणेश राई र पुरानो नाम्ची वार्डका लागि मनोज कुमार मंगरलाई उम्मेदवार बनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande