पश्चिम एशिया संकटको सन्दर्भमा भारतले नियन्त्रण कक्ष स्थापना गर्यो
पश्चिम एशिया संकटको सन्दर्भमा भारतले नियन्त्रण कक्ष स्थापना गर्यो


नयाँ दिल्ली, ०४ मार्च (हि.स.)। पश्चिम एशियामा बढ्दो संकटलाई ध्यानमा राख्दै विदेश मन्त्रालय (एमईए) ले त्यहाँ बसोबास गर्ने प्रभावित भारतीय नागरिकहरूको सहयोगका लागि एक नियन्त्रण कक्ष स्थापना गरेको छ।

विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयसवालले बुधबार जानकारी दिँदै पश्चिम एशियाको वर्तमान अवस्थालाई मध्यनजर गर्दै विशेष कन्ट्रोल रूम स्थापना गरिएको बताए। यसको उद्देश्य त्यहाँ रहेका प्रभावित व्यक्तिहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनु हो। मन्त्रालयका अनुसार, पश्चिम एशियामा करिब १ करोड़ भारतीयहरू बसोबास गर्छन् र उनीहरूको सुरक्षा तथा कल्याण नयाँ दिल्लीका लागि ‘सर्वोच्च प्राथमिकता’ हो।

रणधीर जयसवालले भारत सरकारले हेल्पलाइन नम्बरहरू समेत जारी गरेको जानकारी दिए।

उनका अनुसार, उक्त विशेष कन्ट्रोल रूममा बिहान ९ बजीदेखि राति ९ बजीसम्म सम्पर्क गर्न सकिनेछ। टोल-फ्री तथा अन्य सम्पर्क नम्बरहरू यसप्रकार छन्: 1800118797, +91 11 2301 2113, +91 11 2301 4104 र +91 11 2301 7905।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande