जवानहरूका नि:स्वार्थ सेवा र अदम्य साहस वास्तवमा राष्ट्रको लागि प्रेरणा: राज्यपाल
जवानहरूका नि:स्वार्थ सेवा र अदम्य साहस वास्तवमा राष्ट्रको लागि प्रेरणा: राज्यपाल


गान्तोक, 15 अप्रेल (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज प्रतिकूल मौसम र हिमपातबीच कुपुपस्थित बाबा हरभजन सिंह मन्दिरको भ्रमण गरे। उनले मन्दिर परिसरमा हालैमा गरिएका सौन्दर्यकरण र विकास कार्यहरूप्रति प्रसन्नता व्यक्त गरे।

लोकभवनले आज बताए अनुसार, यस क्षेत्रमा राज्यपालको प्रयासमा सीएसआर निधिको प्रभावी उपयोग भएको छ, जसको परिणामस्वरूप बाबा हरभजन सिंह मन्दिर परिसर र छेउछाउका क्षेत्रहरू आज नयॉं सुविधा र परिवर्तित स्वरूपका साथ पर्यटक एवं स्थानीय मानिसहरूका लागि प्रेरणादायी स्थलको रूपमा देखा परेको छ। यस क्रममा राज्यपालले आज अतिथि प्राङ्गणको उद्घाटन गरे। उनले सीएसआर पहलका लागि मोतीलाल ओसवाल ग्रुपप्रति आभार व्यक्त गरे।

लोकभवनले भनेको छ, यस पहल अन्तर्गत मन्दिर परिसरको सौन्दर्यीकरण गरिएको छ। यसका साथै गञ्जु लामा वार मेमोरियलको निर्माण र पर्यटकहरूको सुविधाका लागि आधुनिक क्याफेटेरिया पनि स्थापित गरिएको छ, जसको सञ्चालन महिलाहरूद्वारा गरिन्छ। मन्दिर परिसरमा एक युद्ध संग्रहालय पनि स्थापना गरिएको छ, जुन सिक्किमका वीर सपूत एवं विक्टोरिया क्रस प्राप्तकर्ता क्याप्टन गञ्जु लामालाई समर्पित छ।

यस अवसरमा राज्यपालले भारतीय सेनाका वीर सैनिकहरूसॅंग भेट एवं अन्तरक्रिया गर्दै उपयोगी वस्तुहरू वितरित गरे। उनले सैनिकहरूको अदम्य साहय, अटूट सेवा भावना र मातृभूमिप्रति उनीहरूको नि:स्वार्थ निष्ठाको सराहना गरे। उनले बाबा हरभजन सिंह मन्दिरमा सबैको सुख, शान्ति, समृद्धि र कल्याणका लागि प्रार्थना गरे।

लोकभवन फर्कने क्रममा मार्गमा हिमपैह्रोको सामना गर्दै राज्यपालले भने, सीमावर्ती क्षेत्रहरूको भ्रमण ह्रदयलाई छुने अनुभव हुन्छ। हाम्रा वीर जवान यी दुर्गम, हिउॅंले भरिएको र विषम परिस्थितिहरूबीच हरेक दिन कठिनाइहरूको सामना गर्दै मातृभूमिको रक्षामा निरन्तर तत्पर रहन्छन्। उनीहरूका नि:स्वार्थ सेवा र अदम्य साहस वास्तवमा राष्ट्रको लागि प्रेरणादायी छ।

यस अवसरमा 63 माउण्टेन ब्रिगेडका कमाण्डर ब्रिगेडियर अमित शर्मा, सेनाका अन्य वरिष्ठ अधिकारी तथा प्रशासनिक अधिकारीहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande