
कोलकाता, 27 अप्रेल (हि.स.)। पश्चिम बङ्गालमा दोस्रो चरणको मतदान हुनअघि उत्तर 24 परगना जिल्लाको भाटपाड़ामा गए अबेर रातार ी व्यापक तनाउ तता हिंसात्मक घटना भएको थाहा लागेको छ। भाजपा उम्मेद्वार पवन सिंह (पूर्व सांसद अर्जुन सिंहका पुत्र)-को घर बाहिर गोली चलेको तथा बमबाजी भएको खबर प्राप्त भएको छ। यस घटनामा केन्द्रिय बलका एकजना जवान घाइते भए जो पवन सिंहको सुरक्षामा तैनाथ थिए। घाआइते सीआईएसएफ जवानलाई अस्पतालमा भर्ती गरिएको छ।
घटनाको शुरुआत गए आइतवार साँझ भएको हो। आरोप छ, जगद्दलको आठचाला बगान क्षेत्रमा तृणमूल कङ्ग्रेसका कार्यकर्ता बिट्टू महतोले पार्टीको झण्डा र ब्यानर लगाइरहेका थिए, भाजपा समर्थकहरूले उनीमाथि कुटपिट गरे। त्यसपछि घाइते कार्यकर्ता तृणमूल नेताहरू क्रमैले सौरभ सिंह, गोपाल राउत र देवज्योति घोष समेत अन्यको साथमा सिकायत दर्ता गराउन जगद्दल थाना पुगे।
भनिन्छ, यो खबर पाउनसाथ अर्जुन सिंह आफ्ना समर्थकहरूको साथमा थानामा पुगे। त्यहाँ पनि दुई पक्षमाझ पहिला भनाबैरी भयो जुन पछि धक्का-मुक्का र कुटपिटमा परिणत भयो। अबेर रातीसम्ममा स्थिति झन् बिग्रिंदै गयो। थाना बाहिर ढुङ्गामुड़ा शुरू भयो।
भाटपाड़ाबाट तृणमूल उम्मेद्वारले आरोप लगाए, “हाम्रो एकजना कार्यकर्तामाथि कुटपिट गरियो। हामी सिकायत दर्ता गराउन जाँदा अर्जुन सिंहले दादागिरी देखाउँदै हामीमाथि हमला गरे। अब थाना पनि सुरक्षित रहेन।” तथापि भाजपाले यस आरोपलाई खारेज गर्दै दाबी गरेको छ, उसका समर्थकहरूमाथि हमला गरियो।
केही समयपछि थानाको छेउमा मामिला शान्त भए पनि तनाउको झिल्का पवन सिंहको घरसम्म पुग्यो। प्रत्यक्षदर्शीहरू अनुसार त्यहाँ बम फालियो र न्यूनतम एक राउण्ड गोली पनि चलाइयो। स्थितिलाई नियन्त्रण गर्न पुगेका पवन सिंहका सुरक्षा गार्ड सीआईएसएफ जवान योगेश शर्मालाई गोली लाग्यो जसले गर्दा उनी घाइते भएर भुइँमा मुर्छा परे जसलाई तुरून्तै नजिकैको अस्पतालमा लगियो।
भाजपाको आरोप छ, तृणमूल कार्यकर्ताहरूको गोलीले जवान घाइते भएका हुन् जबकि तृणमूलले यस आरोपलाई अस्वीकार गर्दै यसको निम्ति भाजपालाई जिम्मेवार ठहराएको छ। हाल यो स्पष्ट भएको छैन कि गोली कसले चलायो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा