मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीलाई जनाए हार्दिक स्वागत
मुख्यमन्त्रीले गरे प्रधानमन्त्रीलाई स्वागत।


गान्तोक, 27 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्री नरेन्द्र मोदी सुन्दर हिमाली राज्यमा हार्दिक स्वागत जनाउँदै सामूहिक सहभागिता र आतिथ्यतामार्फत यस अवसरलाई साँच्चिकै अविस्मरणीय बनाउन आह्वान गरेका छन्।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा भने, 'अत्यन्त गर्व र गहिरो सम्मानका साथ हाम्रो सुन्दर हिमाली राज्यमा ५० वर्षको राज्यत्व उत्सवको समापन समारोहलाई आफ्नो उपस्थितिले शोभायमान बनाउन आउनु भएका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई हार्दिक तथा आत्मीय स्वागत गर्दछौं।'उनले प्रधानमन्त्रीको उपस्थितिले यस ऐतिहासिक उपलब्धिलाई विशेष अर्थ प्रदान गरेको बताएका छन्। प्रधानमन्त्रीको भ्रमणले सिक्किमलाई आफ्नो यात्राको समीक्षा गर्न र आशा, आत्मविश्वास तथा निरन्तर प्रगति र समृद्धिको दिशामा नयाँ प्रतिबद्धताका साथ अगाडि बढ्न प्रेरित गर्ने बताएका छन्।मुख्यमन्त्रीले सम्पूर्ण नागरिकहरूलाई उत्साह र गर्वका साथ ठूलो संख्यामा एकजुट भई प्रधानमन्त्रीको स्वागत गर्न र राज्यको एकता, आत्मीयता तथा जीवन्त सांस्कृतिक भावनालाई प्रस्तुत गर्न हार्दिक अनुरोध गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande