अल नवोदय विद्यालय समिति स्टाफ एसोसिएशनको क्षेत्रीय सम्मेलन आयोजित
अल नवोदय विद्यालय समिति स्टाफ एसोसिएशनको क्षेत्रीय सम्मेलन आयोजित


रि-भोई (मेघालय), 27 अप्रेल (हि.स.)। अल नवोदय विद्यालय समिति स्टाफ एसोसिएशन (एएनवीएसएसए)- को शिलङ्ग क्षेत्रको दोस्रो क्षेत्रीय सम्मेलन रि-भोई जिल्लाको नियगबारीस्थित पीएम श्री स्कूल, जेएनभी री-भोई, मेघालयमा सोमवार आयोजना गरियो। बैठकमा एएनवीएसएसए क्षेत्रीय कार्यकारी समितिका सदस्यगण तथा क्षेत्रका विभिन्न जेएनभीका प्रतिनिधिहरू उपस्थित थिए। बैठकको शुभारम्भ एएनवीएसएसए, शिलङ्ग क्षेत्रका महासचिव शफी कमालको स्वागत भाषणबाट भयो। मुख्य अतिथि जॉन करुणाकरण, प्रधानाचार्य, सनलाइट इङ्ग्लिश अकादमी, (कामरूप असम)-ले आफ्नो शुभकामना दिए।

यस अवधि प्रमुख चर्चाहरू तथा प्रस्ताव राखियो जसमा कर्मचारीहरूको हित अनि अधिकारहरूको रक्षा गर्नु सामेल छन्।

सबै विद्यालयहरूमा नियम अनुसार साप्ताहिक अवकाश एवं छुट्टी लागू गर्नु, गैर-शिक्षण कर्मचारीहरूलाई आवासीय भत्ता प्रदान गर्नु, कर्मचारीहरूलाई वृद्धावस्था पेन्शन योजना प्रदान गर्नु, कर्मचारीहरूलाई स्वास्थ्य बीमा प्रदान गर्नु, कर्मचारीहरूको वर्तमान कार्यभारलाई कम गर्नु आदि विषयहरूमाथि चर्चा गरियो।

बैठकको आम सभाले क्षेत्रीय कार्यकारी समितिका नयाँ पदाधिकारीहरू चयन गऱ्यो जसमा सुनित सोनोवाललाई अध्यक्ष, शफी कमाललाई महासचिव औ बी. कलितालाई कोषाध्यक्ष चयन गरियो। बैठकको समापन सीएम तामुलीद्वारा सबै प्रतिभागीहरूप्रति धन्यवाद प्रस्तावको साथमा गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande