
पूर्व बर्धमान, 27 अप्रेल (हि. स.)। पुलिसको काममा बाधा दिएको तथा धम्की दिएको आरोपमा बर्धमान शहरको 22 नम्बर वार्डका एकजना पार्षदलाई पक्राउ गरिएको छ। सोमवार बिहान सबेरै केन्द्रिय बल तथा पुलिसले संयुक्त अभियान सञ्चालन गरी आरोपीलाई उसको घरबाटै पक्राउ गऱ्यो। पक्रा पार्ने पार्षदको नाम नारूगोपाल भकत रहेको बताइएको छ जो तृणमूल कङ्ग्रेसका पार्षद हुन्।
आरोप छ, नारूगोपाल भकतले पुलिस र केन्द्रिय बललाई धम्की दिनको साथै उनीहरूको काममा बाधा उत्पन्न गरिदिए। यहाँसम्म कि उनले कथित रूपमा भनेका थिए, पुलिसले क्षेत्रमा प्रवेश गर्नअघि उनको अनुमति लिनुपर्छ।
प्राप्त जानकारी अनुसार गत 24 मार्चको दिन बर्धमान-दक्षिण सीटबाट भाजपा उम्मेद्वार मौमिता विश्वास मिश्राले चुनाउ प्रचार गरिरहेकी थिइन्।उनको साथमा स्थानीय नेता महादेव माल पनि उपस्थित थिए। आरोप छ, सोही राती महादेव मालको घरमा हमला गरियो जसमा ढुङ्गमुड़ा पनि भयो। घटनापछि क्षेत्रमा सन्त्राष फैलियो।
घटनाको सूचना पाएर बर्धमान थानाको पुलिस र केन्द्रिय बल घटनास्थलमा पुग्यो। यसै अवधि तृणमूल पार्षद नारूगोपाल भकत पनि त्यहाँ पुगे जसले कथित रूपमा पुलिस र केन्द्रिय बलको अगाड़ि आपत्तिजनक टिप्पणी गरे। यस घटनाको भीडियो भाइरल भएपछि प्रशासन सक्रिय भयो। चुनाउ आयोगले पनि मामिलालाई गम्भीर रूपमा लियो।
पुलिस सूत्र मुताविक नारूगोपाल भकतविरूद्ध हत्या, सरकारी अधिकारीहरूलाई धम्की दिएको तथा आर्म्स एक्ट सहित केही धाराहरूमा मामिला दर्ता गरिएको छ। उनलाई आज बर्धमान जिल्ला अदालतमा पेश गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा