गोघाटमा तृणमूल सांसद मिताली बागमाथि हमला, कारको शिशा फुटेर घाइते
गोघाटमा तृणमूल सांसद मिताली बागमाथि हमला, कारको शिशा फुटेर घाइते


कोलकाता, 27 अप्रेल (हि. स.)। हुगली जिल्लान्तर्गत गोघाटमा कथित रूपमा सोमवार बिहान तृणमूल सांसद मिताली बागमाथि हमला गरियो। घटना त्यसबेला भयो जतिबेला उनी अभिषेक ब्यानर्जीको चुनावी सभामा सामेल हुन गइरहेकी थिइन्।

आरोप छ, बाटोमा केही उपद्रवीहरूले उनीमाथि हमला गरे अनि वाहनको शिशा फुटाइदिए। शिशा फुटेर काँचको टुक्रा उनको शरीरमा लाग्यो जसले गर्दा उनी घाइते भइन्। घटनापछि घाइते सांसदलाई तत्कालै नजिकैको अस्पतालमा भर्ती गरियो जहाँ उनको उपचार भइरहेको छ।

भनिन्छ, पश्चिम बङ्गाल विधानसभा चुनाउको दोस्रो चरणको मतदान हुन ठीक अघि यो घटना भएको छ। तृणमूल कङ्ग्रेसको पक्षबाट आरोप लगाइएको छ, भाजपा समर्थित मानिसहरूले यस हमलालाई परिणाम दिए। तथापि यस मामिलामा पुलिसले जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande