
कान्थी, 27 अप्रेल (हि.स.)। पूर्व मेदिनीपुर जिल्लामा कान्थी-दिघा 116 बी राष्ट्रिय राजमार्गमा घातुआ बाँधको कान्थी थाना क्षेत्रमा गए आइतवार साँझ भएको भयानक सड़क दुर्घटनामा दुई जना मानिसहरूले ज्याम गुमाए भने अर्को एकजना व्यक्ति गम्भीर रूपमा घाइते भए।
जानकारी पाए अनुसार कान्थीको घाटुआ क्षेत्रमा कान्थी तिरबाट आइरहेको एउटा अटो विपरीत दिशाबाट आइरहेको माटो लादिएको ट्र्याक्टर आपस्तमा ठोक्कियो। यस भयानक ठक्करमा एक जना महिलाको घटनास्थलमै मृत्यु भयो। पछि घाइतेहरूमध्ये अर्को एक जना व्यक्तिको पनि मृत्यु भयो।
यस दुर्घटनामा तीन जना मानिसहरू गम्भीर रूपमा घाइते भए जसलाई स्थानीय मानिसहरूको सहयोगमा तुरून्तै कान्थी सब-डिभीजनल अस्पतालमा भर्ती गरियो जहाँ उनीहरूको उपचार भइरहेको छ।
घटनाको सूचना पाए लगत्तै पुलिसले घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त वाहनलाई हटाएर यातायातलाई सामान्य बनायो। मृतकहरूको पहिचान बसन्ती डुलाई (34), निवासी केशवपुर र मञ्जु कर (35), निवासी देउली बङ्गलाको रूपमा भएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
घटनापछि क्षेत्रको माहोल शोकपूर्ण भएको छ। स्थानीय मानिसहरूले आरोप लगाए, यस सड़कमा प्रायजसो नै द्रूत गतिमा वाहनहरू गुड़्ने गरेकाले दुर्घटनाहरू हुने सम्भावना बढ़ी रहन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा