
मुर्शिदाबाद, 27 अप्रेल (हि.स.)। जिल्लाको खरग्राम क्षेत्रमा कालबैशाखी तूफानबीच बज्रपात भएर दुई जना मानिसहरूको मृत्यु भयो भने अन्य तीन जना गम्भीर रूपमा घाइते भए। मृतकहरूको पहिचान कान्दीकोकल्याणपुर गाउँनिवासी शरणन दास (40) र खड़ग्राम थाना क्षेत्रको बराड़ गाउँ निवासी सावित्री घोष (60)- को रूपमा भएको छ।
प्राप्त जानकारी अनुसार गए आइतवार साँझ अचानक वर्षा सहितको तीव्र हावा आएपछि पाँचजना मानिसहरू गाउँको सड़क छेउमा रहेको बरको रूखमुनि बसे। यसै अवधि रूखमा चट्याङ्ग पऱ्यो। यस घटनामा दुईजना मानिसहरूको घटनास्थलमै मृत्यु भयो भने अन्य तीन जना मानिसहरू घाइते भए। घाइतेहरूलाई तुरून्तै कान्दी महकुमा अस्पतालमा लगियो जहाँ डाक्टरहरूले दुई जनालाई मृत घोषित गरिदिए। अन्य तीन जना घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।
शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाएर पुलिसमामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा