
नदिया, 27 अप्रेल (हि. स.)। प्रवासी मजदुरको असामान्य मृत्युले खैलाबैला मचिएको छ। पूर्वस्थलीको घटनापछि अब नदिया जिल्लाको गयेशपुरमा पनि संदिग्ध परिस्थितिमा एकजना युवकको शव भेटियो। मृतकको पहिचान अनिकेत दे (20)- को रूपमा भएको छ जो हुगली जिल्लाको मगरा क्षेत्रका निवासी थिए भने बेङ्गलुरूमा काम गर्दै आएका थिए। हालैमा गृहराज्यमा फर्किएपछि तिनी नदियाको गयेशपुरमा आफ्ना मामाको घरमा बस्दै आइरहेका थिए। पहिलो पटक भोट दिनको लागि तिनी घर फर्केका थिए।
परिवार अनुसार बितेको आइतवार राती अनिकेतले साथीहरूसित बसेर रक्सी खाएका थिए। त्यसपछि घरमा जाँदा तिनको परिवारका सदस्यहरूसित भनाबैरी भयो जसले गर्दा तिनी घरबाट कतै गएका थिए। सोमवार बिहान घरको पछाड़ि तिनको शवलाई फाँसीमा झुण्डिरहेको अवस्थामा भेटियो।
घटनाको सूचना पाएर कल्याणी थानाको पुलिस घटनास्थलमा पुग्यो। शवलाई कब्जामा लिएर कल्याणीको जवाहरलाल नेहरू मेमोरियल अस्पतालमा पठाइयो जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। यस घटनाले सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ।
उल्लेखनीय छ, यस वर्ष अनिकेतले पहिलो पटक मतदान गर्नेवाला थिए, तर यस अगावै तिनको असामान्य मृत्यु भयो। यसअघि गत शनिवार पूर्वस्थलीमा पनि एकजना प्रवासी मजदुरको रहस्मय मृत्यु भएको थियो। परिवारले दाबी गरेको छ, उसको निर्दयता पूर्वक हत्य गरियो। उ पनि भोट दिनकै लागि घरमा आएको थियो। उसको शव एक मैदानमा क्षत-विक्षत अवस्थामा भेटिएको थियो जसले गर्दा परिवारले हत्या भएको आशङ्का व्यक्त गरेको छ।
गयेशपुरमा भएको यो दोस्रो घटनाले क्षेत्रमा चिन्ता अनि शोक छाएको छ। लगातार भइरहेका यस्ता घटनाहरूले कानून-व्यवस्थामाथि पनि प्रश्न उठाएको छ। पुलिसले दुवै मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा