
वाराणसी, 27 अप्रेल (हि. स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको वाराणसी दौड़ाहलाई लिएर मानिसहरूमा एक दिनअघि नै उत्साह छल्किन थालेको छ। प्रधानमन्त्रीको स्वागतको लागि सम्पूर्ण शहरलाई बेहुली जस्तै सजाइएको छ। प्रधानमन्त्रीप्रति सम्मान प्रकट गर्न तथा उनलाई स्वागत गर्नका लागि सोमवार विकास इन्टर कलेज परमानन्दपुरका छात्रा अनि खेलाड़ीहरूले नारी शक्ति वन्दन बालिका मानव श्रृङ्खला बनाए। प्रधानमन्त्री नरेन्द्र मोदीको वाराणसी आगमनबाट उत्साहित 1000 भन्दा अधिक छात्राहरूले बिहान 7 बजे परमानन्दपुरदेखि नटनिया दाई मन्दिरसम्म मानव श्रृङ्खला बनाए। मानव श्रृङ्खलामा भाग लिने छात्राहरूले तिरङ्गासितै प्रधानमन्त्री मोदीको तस्वीर अनि पोस्टर फहराए।
हात-हातमा प्ले कार्ड र तिरङ्गा बोकेका छात्रा अनि खेलाड़ीहरूको उत्साह चरममा थियो। मानव श्रृङ्खलापछि सबै प्रतिभागीहरूले विकास इन्टर कलेजदेखि नटनिया दाई मन्दिरसम्म जागरूकता मार्च निकाले। यस अवधि बटुवा तता स्थानीय मानिसहरूलाई नारी वन्दन अधिनियमको लाभको बारेमा विस्तार पूर्वक बताइयो।
यस कार्यक्रममा ह्याण्डबल, रग्बी, टेबल टेनिस, जूडो औ हकीका महिला खेलाड़ीहरूको सक्रिय सहभागिता रहेको थियो. खेलाड़ीहरूले एक स्वरमा भने, केन्द्र सरकारद्वारा महिलाहरूको लागि उठाइएको कदम सराहनीय छ। उनीहरूलाई विश्वास छ, संसद र विधानसभाहरूमा 33 प्रतिशत आरक्षण प्राप्त भए महिलाहरूको स्थितिमा ऐतिहासिक परिवर्तन आउनेछ अनि उनीहरूले निर्णय लिने प्रक्रियामा सामेल भएर सशक्त भूमिका निर्वाह गर्न सक्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा