मन्त्री सिरसा सुखो खालसा सीनियर सेकेण्डरी स्कूलको 'प्ल्याटिनम जुबली' समारोहमा सामेल भए
मन्त्री सिरसा सुखो खालसा सीनियर सेकेण्डरी स्कूलको 'प्ल्याटिनम जुबली' समारोहमा सामेल भए


नयाँ दिल्ली, 30 अप्रेल (हि.स.)। दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसा आज सुखो खालसा सीनियर सेकेण्डरी स्कूलको 70 वर्ष पूरा भएको अवसरमा आयोजित 'प्ल्याटिनम जुबली' समारोहमा सामेल भए।

सिरसाले यस समारोहलाई सम्बोधन गर्दै भने, यस संस्थानले बाल-बालिकाहरूलाई श्रेष्ठ शिक्षा मात्र नदिएर उनीहरूलाई आफ्नो जरा, गुरूमुखी तथा उच्च संस्कारहरूसित पनि जोड़ेर राखेको छ। आजको युगमा शिक्षाको वास्तविक शक्ति त्यही हो जसले हामीलाई योग्य बनाउनको साथै मानवता र आफ्नो धरोहरलाई सम्मान गर्न पनि सिकाउँछ।

सिरसाले स्कूल प्रबन्धन र सबै शिक्षकहरूलाई यस बेजोड़ उपलब्धिको निम्ति बधाई दिए। उनले भने, गुरु साहब जीको कृपा तपाईहरू सबैमा सदैव रहिरहरोस्। यो संस्थानले यसरी नै ज्ञानको प्रकाश फैलाइरहोस्। यहाँबाट पढ़्ने हरेक विद्यार्थीले आफ्नो परिवार र देशको सुनाम फैलाओस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande