जनतालाई धन्यवाद दिन कालेबुङमा भाजपाको बिजय उत्सव ऱ्याली
जनतालाई धन्यवाद दिन कालेबुङमा भाजपाको बिजय उत्सव ऱ्याली


- पहाड, तराई र डुवर्सको दीर्घकालीन माग सुनिश्चित गर्न आफु लागिपरेको बिष्टको दाबी

कालेबुङ, 18 मई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले कालेबुङमा विजय उत्सव ऱ्याली आयोजना गरेको छ। विधानसभा चुनाउमा भाजपा उम्मेदवार भरत छेत्रीको जितपछि आज क्षेत्रका मतदाताहरूलाई आभार व्यक्त गर्न विजय उत्सव ऱ्यालीको आयोजना गरिएको थियो। कालेबुङको नौ माइल जङ्गवीर सापकोटाको सलिगबाट आरम्भ भएको बिजय ऱ्याली शहर परिक्रमा गर्दै मेला ग्राउन्डमा आएर पथ सभामा परिणत भयो। यस अवसरमा लोकसभा सांसद राजु बिष्टको पनि सहभागिता रहेको थियो।

सांसद राजु विष्टले कालेबुङ क्षेत्रमा गोर्खाल्याण्ड आन्दोलनका विभिन्न चरणहरूमा शहीद भएका शहीदका परिवारहरुसित भेटघाट गरेर उनीहरूलाई सम्मान जनाए। शहीदहरूले हाम्रो आकांक्षा पूर्तिको लागी सबैभन्दा ठूलो बलिदान दिएका छन् भन्दै बिष्टले आगामी दिनहरूमा उनीहरू लगायत क्षेत्रका लागि न्याय अवश्य सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अर्कातिर, भाजपा कालेबुङ विधानसभा क्षेत्रका लागि कालेबुङ मङ्गलधाम नजिक पार्टी कार्यालयको उद्घाटन गरिएको छ। सांसद बिष्टको उपस्थितिमा पूजा अर्चनापछि भाजपा जिल्लाका पदाधिकारीहरूको बाहुलीबाट उक्त कार्यालयको उद्घाटन गरियो।

कार्यालय उद्घाटनपछि सांसद राजु बिष्टले पत्रकारहरूसँग कुराकानी गर्दै भ्रष्टाचारमा लिप्त भएका अन्य दलका नेताहरुलाई दलमा कुनै स्थान नदिने बताए। जनताले पाउनुपर्ने योजनाहरूको लाभ भने आफूहरुले निष्पक्ष रुपमा निरन्तर जारी राख्ने उनले बताएका छन्।

उनले पहाड तराई डुवर्सको दीर्घकालीन माग राजनैतिक समाधान चाँडै अघि बढाउने कुरामा आफू आजदेखि नै लागि परेको बताए। उक्त विषयलाई लिएर देशका गृहमन्त्रीले समेत पहल गरिरहेकाले चाँडै नै यसको समाधान हुने कुरामा आफू विश्वस्त रहेको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande