
खरसाङ, 18 मई (हि.स.)। भोलि, मंगलवार भारतीय जनता पार्टीले खरसाङमा धन्यवाद ऱ्यालीको आयोजना गर्ने भएको छ। उक्त जानकारी आज भाजपा विधायक सोनाम लामाले एक भिडियो सन्देशमार्फत दिएका छन्।
विधायक लामाले धन्यवाद ऱ्यालीमा सबैलाई उपस्थित भइदिन अनुरोध गरेका छन्। लामाले भने, यो धन्यवाद ऱ्याली हाम्रो मात्र नभई सम्पूर्ण पहाडवासीको विजय उत्सव हो। यस ऐतिहासिक जितलाई जनताको जितको रूपमा मनाउँदै हामी भोलि खरसाङमा टुरिस्ट लजदेखि खरसाङ मोटर स्ट्यान्डसम्म धन्यवाद ऱ्याली आयोजना गर्दैछौँ।
उनले खरसाङमा सीमित सडक व्यवस्थाका कारण ऱ्यालीको समयमा केही समय ट्राफिक जाम तथा आवागमनमा असुविधा हुन सक्ने भएकाले सम्पूर्ण सर्वसाधारण समक्ष क्षमा रहने बताए। उनले विशेषगरी अत्यावश्यक कामका लागि बाहिर निस्किनु पर्ने महानुभावहरूलाई समयमै यात्रा गरिदिन अनुरोध पनि गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक