
गान्तोक, 18 मई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको मङ्गन जिल्ला समितिले आज माङशीलास्थित पार्टी कार्यालयमा एक समन्वय बैठक आयोजन गऱ्यो। यस अवसरमा पार्टी अध्यक्ष गणेश राई विशेष रूपमा उपस्थित थिए।
समन्वय बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष गणेश राईले जनहित विरुद्धका सरकारी नीतिहरूको विरोध गर्ने पार्टीको प्रतिबद्धता दोहोर्याए। उनले सीएपी सिक्किमका जनताको लागि न्याय सुनिश्चित गर्न तथा उनीहरूको उत्थान र कल्याणको लागि काम गर्न प्रतिबद्ध रहेको बताए।
बैठक तीन निर्वाचन क्षेत्र काबी लुङचोक, जङ्गु र लाचेन-मङ्गनमा पार्टी संगठन सुदृढीकरणमा केन्द्रित थियो। यस क्रममा पार्टीको संगठनात्मक र राजनीतिक गतिविधिहरूको बारेमा विस्तृत छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैठकमा मङ्गन जिल्लाका उपाध्यक्ष प्रभारी जोर्बु छिरिङ लेप्चा, प्रवक्ता अल्बर्ट गुरुङ, युवा अध्यक्ष टीआर नेपाल, मङ्गन जिल्ला महिला परिषद अध्यक्ष सोङ्गमित लेप्चा आदि पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल