
गान्तोक, 18 मई (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग आज लोकभवनमा उत्तराखण्डका पूर्व मुख्यमन्त्री एवं हरिद्वारका सांसद त्रिवेन्द्रसिंह रावतले शिष्टाचार भेट गरे।
लोकभवनका अनुसार, यस भेटका क्रममा सिक्किमसॅंग सम्बन्धित विभिन्न विषयहरूमाथि विचार विमर्श गरियो। चर्चामा राज्यको सामाजिक र आर्थिक विकास, पर्यावरण संरक्षण तथा पर्यटन प्रवर्द्धन जस्ता मुद्दाहरू प्रमुख थिए।
राज्यपाल माथुरले त्रिवेन्द्र सिंह रावतलाई सिक्किममा सुखद प्रवासको शुभकामना दिए।
हिन्दुस्थान समाचार / बिशाल