ट्याक्सी ड्राइभर कोअपरेटिभ सोसाइटीदद्वारा याङगाङमा नशा मुक्त जागरुकता कार्यक्रम आयोजित
ट्याक्सी ड्राइभर कोअपरेटिभ सोसाइटीदद्वारा याङगाङमा नशा मुक्त जागरुकता कार्यक्रम आयोजित


याङगाङ, 18 मई (हि.स.)। याङगाङ लोकल ट्याक्सी ड्राइभर को-अपरेटिभ सोसाइटी लिमिटेडद्वारा आज सोमबार याङगाङ बजारमा नशा मुक्त भारत अभियान अन्तर्गत एकदिने नशा मुक्त जनजागरण शिविर आयोजना गरियो। कार्यक्रम याङगाङका महकुमा अधिकारी केएल दहालको निर्देशनमा तथा उनकै उपस्थितिमा सम्पन्न भएको हो।

कार्यक्रममा स्रोत वक्ताका रूपमा याङगाङ खण्ड विकास अधिकारी निडे भोटिय, याङगाङ प्राथमिक स्वास्थ्य केन्द्र (पीएचसी) की एमओ आईसी डाक्टर अस्मिता गुरुङ, साथै याङगाङ थाना अन्तर्गतका पुलिस अधिकारीहरूले सहभागिता जनाएका थिए।

कार्यक्रमका क्रममा याङगाङ महकुमा अधिकारी केएल दहालले नशा मुक्त भारत अभियानको उद्देश्य र महत्वबारे प्रकाश पार्दै उपस्थित सम्पूर्ण ट्याक्सी चालकहरूलाई नशाबाट टाढा रहन तथा समाजमा जनचेतना फैलाउन आग्रह गरे। उनले नशाले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे समेत स्पष्ट जानकारी दिए।

त्यसैगरी, याङगाङ लोकल ट्याक्सी ड्राइभर को-अपरेटिभ सोसाइटी लिमिटेडका सभापति डीके राईले ट्याक्सी चालक समितिका सदस्यहरूको जिम्मेवारी र उत्तरदायित्वबारे आफ्ना विचार व्यक्त गर्दै नशा मुक्त समाज निर्माणमा चालकहरूको भूमिका महत्वपूर्ण हुने बताए।

कार्यक्रममा सहभागी ट्याक्सी चालकहरूले नशा विरुद्ध सचेत रहँदै सुरक्षित र जिम्मेवार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande