
काठमाडौँ, 16 जून (हि.स.)। नेपालमा चिनको सहयोगमा चल्ने परियोजनाहरूले गति पाउने अपेक्षा गरिएको छ। आइतबार चार दिने भ्रमणका लागि चीन आइपुगेका नेपालका विदेशमन्त्री शिशिर खनालले सोमबार आफ्ना चिनियाँ समकक्षी वाङ्ग यीसँग द्विपक्षीय वार्ता गरेका छन्। यस अवधिमा चीनले पहिले सहमति भएका परियोजनाहरू द्रुत बनाउने आश्वासन दिएको नेपाल विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
पूर्वाधार विकास, सम्पर्क र कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि र डिजिटाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम र प्राकृतिक ग्यास अन्वेषण, र जन सम्बन्धलाई अझ सुदृढ़ पार्ने जस्ता विषयहरूमा दुई देशका प्रतिनिधिमण्डलहरूबीच विस्तृत छलफल भएको थियो। सुशासन र आर्थिक विकासका प्राथमिकताहरूमा नेपाल सरकारलाई पूर्ण सहयोग गर्ने आफ्नो प्रतिबद्धता पनि चीनले दोहोऱ्याएको छ।
नेपालले आफ्नो भूभागलाई चीन विरोधी गतिविधिमा प्रयोग हुन नदिने स्पष्ट पारेको छ। जवाफमा, चीनले नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताको लागि आफ्नो दृढ़ समर्थन र सम्मान दोहोऱ्याएको छ। साथै, उनले सुशासन र आर्थिक विकासको एजेन्डालाई सबै सम्भव सहयोग गर्ने आश्वासन दिए। द्विपक्षीय वार्तापछि परराष्ट्रमन्त्री वाङ्ग यीले खानलको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए।
--------