बीजिङमा नेपालका विदेशमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेतालाई भेटे, नेपाल-चीन सम्बन्धबारे छलफल
चीनी नेता से मुलाकात करते नेपाल के विदेश मंत्री शिशिर खनाल


काठमाडौँ, 16 जून (हि.स.)। नेपालका विदेशमन्त्री शिशिर खनालले सोमबार बीजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश मामिला प्रमुख लिउ हाइसिङसँग द्विपक्षीय वार्ता गरेका छन्। लिउ हाइसिङ चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको अन्तरराष्ट्रिय विभागका मन्त्री हुन्।

खनालले नेपाल-चीन सम्बन्धलाई अझ सुदृढ़ पार्ने, राजनीतिक दलहरूबिच आदानप्रदान बढाउने र दुई देशका नागरिकबीचको सम्बन्धलाई गहिरो बनाउने जस्ता विषयमा बैठकमा छलफल भएको जानकारी दिए।

चीन भ्रमणमा रहेका विदेशमन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङ्ग यीसँग पनि द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। नेपाल-चीन सम्बन्धलाई अझ सुदृढ़ बनाउने र आपसी सहयोग विस्तार गर्ने विषयमा यस बैठकमा विशेष छलफल हुनेछ।

खनालले बीजिङमा बस्ने क्रममा अन्य वरिष्ठ चिनियाँ अधिकारीहरूलाई पनि भेट्नेछन्।

अधिकारीहरूका अनुसार, नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले बीजिङमा नेपाली दूतावासले आयोजना गरेको लगानी सम्मेलनमा पनि विदेशमन्त्रीले भाग लिनेछन्। उनले चिनियाँ उद्यमी र व्यापारिक समुदायका प्रतिनिधिहरूसँग पनि बैठक गर्ने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कार्यान्वयनसँग सम्बन्धित मुद्दाहरूमा पनि छलफल गर्ने अपेक्षा गरिएको छ।

---------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande