
गान्तोक, 03 जून (हि.स.)। सदर पुलिसले प्रतिबन्धित लागूऔषधसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। उनीहरूलाई राजधानीको मिडल स्यारी क्षेत्रबाट पक्राउ गरिएको हो।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, मंगलवार विश्वसनीय सूत्रहरूले दुई जना व्यक्ति राजधानी छेउ मिडल स्यारी क्षेत्रमा संदिग्ध अवस्थामा घुमिरहेको जानकारी गराए। यसपछि, एसआई सुमन पोख्रेलको अगुवाईमा पुगेको पुलिस दलले दुई व्यक्तिसॅंग केरकार अनि छानबिन गऱ्यो।
यस क्रममा उनीहरूबाट 2904 वटा प्रोक्सिमी स्पास क्याप्सुल, 170 वटा नाइट्राक्युर 10 ट्याबलेट र 9 बोतल एसकफ सिरप बरामद गरियो। पुलिसले आरोपीहरूलाई पक्राउ गरेर एनडीपीएस अधिनियम र साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल