
गान्तोक, 03 जून (हि.स.)। सदर थाना क्षेत्र अन्तर्गत राजधानीको विकास क्षेत्र र पानी हाउसमा चोरीका घटना प्रकाशमा आएका छन्। अज्ञात आरोपीहरूले घरबाट नगद, मोबाइल फोन र सूनका गर-गहनाहरू चोरी गरेका छन्।
पुलिस रिपोर्टका अनुसार, विकास क्षेत्रमा स्थानीय एक व्यक्तिको घरबाट अज्ञात व्यक्तिहरूले नगदसहित सूनका गर-गहना र मोबाइल फोन चोरी गरेका छन्। यसैगरी, पानी हाउसमा स्थानीय एक व्यक्तिको घरबाट अज्ञात व्यक्तिहरूले नगदसहित सूनका गर-गहनाहरू चोरी गरेका छन्।
पुलिसले उक्त घटनाहरूको सम्बन्धमा अज्ञात आरोपीहरू विरुद्ध प्राथमिकी दर्ता गरेर छानबिन शुरू गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल