
गान्तोक, 30 जून (हि.स.)। राजधानी गान्तोकबाट एक 19 वर्षीय युवकलाई पक्राउ गरिएको घटना प्रकाशमा आएको छ, जसको पाकिस्तानसॅंग जोडिएको कथित आतङ्की मड्यूलसॅंग सम्बन्ध रहेको आरोप छ। पक्रा पर्ने आरोपी युवकको नाम मोहम्मद आरजू हो। 19 वर्षीय युवकलाई राजधानीको नामनाङबाट पक्राउ गरिएको बताइएको छ।
सूत्रहरूबाट प्राप्त जानकारी अनुसार, मोहम्मद आरजूको सम्पर्क पाकिस्तानका एक संदिग्ध ह्यान्डलरसॅंग रहेको तथ्य खुलेपछि उनी केही समयदेखि जॉंच एजेन्सीहरूको निशानामा आएका थिए। युवकमाथि सामाजिक सञ्जालको माध्यमद्वारा आतङ्की संगठन इस्लामिक स्टेटसॅंग सम्बन्धित कन्टेन्टहरू शेयर गर्ने, प्रोपगान्डा फैलाउने, युवाहरूलाई भर्ती गर्ने जस्ता गतिविधिहरूमा संलग्न रहेको आरोप छ।
सूत्रहरूले केही दिन अघि केन्द्रिय एजेन्सीको गुप्त सूचनाको आधारमा सिक्किम पुलिसले आरोपी युवकलाई राजधानीको नामनाङ पक्राउ गरेको बताएका छन्। आरोपी युवकसॅंगै अन्य पॉंच जनालाई पनि सोधपुछका लागि हिरासतमा लिएको र सोधपुछपछि छोडिदिए। पुलिसले पक्रा परेका आरोपी युवकसॅंग सोधपुछ गरिरहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल