
कोलकाता, 04 जुलाई (हि.स.)। पश्चिम बङ्गालमा मौसमको स्वरूप फेरि एकपटक फेरिएको छ। बङ्गालको खाड़ीमा विकसित कम दबाव क्षेत्र तथा सक्रिय मनसुनको प्रभावले राज्यका अधिकांश भागहरूमा वर्षाको सिलसिला तीव्र भएको छ। क्षेत्रीय मौसम विज्ञान केन्द्रले दक्षिण औ उत्तर बङ्गालका केही जिल्लाहरूको लागि घना वर्षा, तीव्र हावा तथा मेघ गर्जन हुने चेताउनी जारी गरेको छ।
मौसम विभाग अनुसार राजधानी कोलकाता सहित हावड़ा, हुगली, उत्तर 24 परगना, दक्षिण 24 परगना, पूर्व मेदिनीपुर, पश्चिम मेदिनीपुर एवं पुरुलियामा मध्यमदेखि भारी वर्षा भइरहेको छ। आगामी 24-देखि 48 घण्टासम्म यी जिल्लाहरूमा मेघ गर्जनसितै तीव्र वर्षा यथावत रहने सम्भावना छ। अविरल वर्षाको कारणले कोलकाता सहित वरपरका तल्लो क्षेत्रहरू जलमग्न भएका छन् जसबाट यातायात प्रभावित भएको छ। शहरको अधिकतम तापमान लगभग 31 डिग्री सेल्सियस अनि न्यूनतम तापमान 26 डिग्री सेल्सिस दर्ता गरियो।
उत्तर बङ्गालका दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार औ कुचबिहार जिल्लामा पनि मुसलधारे वर्षा भइरहेको छ। पार्वतीय क्षेत्रहरूमा पैह्रो जाने आशङ्कालाई मध्यनजर गर्दै प्रशासनले पर्यटक तथा स्थानीय मानिसहरूलाई सतर्क रहने सल्लाह दिएको छ। टिस्टा, तोरसा तथा जलढाका नदीहरूको जलस्तर लगातार बढ़िरहेको छ जसबाट तल्लो क्षेत्रमा बाढ़ीको खतरा मड़ारिरहेको छ।
मौसम वैज्ञानिकहरूको भनाइ छ, उत्तर बङ्गालका केही भागहरूमा अत्यधिक वर्षा हुनसक्छ जबकि दक्षिण बङ्गालमा रोकिँदै भए पनि वर्षाको सिलसिला जारी रहनेछ। तटीय क्षेत्रहरूमा 40-50 किलोमीटर प्रतिघम्टाको गतिले हावा चल्ने सम्भावनालाई केन्द्र गर्दै मछुआराहरूलाई समुद्रमा नजाने सल्लाह दिइएको छ।
राज्य आपदा प्रबन्धन विभागले सबै सम्बन्धित जिल्लाका प्रशासनहरूलाई सतर्क रहने तथा आपतकालीन स्थितिको सामना गर्नको लागि राहत अनि बचाउ दलहरूलाई तयार राख्ने निर्देश दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा