स्वामी विवेकानन्दको पुण्यतिथिमा शुभेन्दु अधिकारीले साझा गरे श्रद्धाञ्जली सन्देश
स्वामी विवेकानन्दको पुण्यतिथिमा शुभेन्दु अधिकारीले साझा गरे श्रद्धाञ्जली सन्देश


कोलकाता, 04 जुलाई (हि.स.)। पश्चिम बङ्गालका मूुख्यमन्त्री शुभेन्दु अधिकारीले शनिवार आध्यात्मिक चेतनाका प्राणपुरुष स्वामी विवेकानन्दको पुण्यतिथि (तिरोधान दिवस)-मा उनलाई भावपूर्ण श्रद्धा़ञ्जली अर्पण गरे।

शुभेन्दु अधिकारीले आफ्नो आधिकारिक सोशल मीडिया मञ्चमा स्वामी विवेकानन्दलाई नमन गर्दै एउटा सन्देश साझा गरे। उनले बङ्गला भाषामा लेखे जसको नेपाली भावनुवाद हुन्छ- आध्यात्मिक चेतनाका प्राणपुरुष, विश्ववनन्दनीय वीर सन्यासी स्वामी विवेकानन्दको तिरोधान दिवसमा उनलाई मेरो सादर प्रणाम।

उनले आफ्नो सन्देशको माध्यमबाट स्वामी विवेकान्दको आध्यात्मिक, सांस्कृतिक एवं राष्ट्र निर्माण सम्बन्धि योगदानलाई स्मरण गर्दै श्रद्धासुमन अर्पण गरे।

उल्लेखनीय छ, 04 जुलाई, 1902- मा स्वामी विवेकानन्दले बेलूर मठमा महासमाधि ग्रहण गरेका थिए। उनको राष्ट्रवाद, आध्यात्मिकता, मानव सेवा औ युवा जागरणसित सम्बन्धित विचार आज पनि देश-विदेशका करोड़ौं मानिसहरूका लागि प्रेरणाश्रोत हो। उनको पुण्यतिथिमा आज देशभरि नै विभिन्न कार्यक्रमहरूको माध्यमबाट उनलाई श्रद्धाञ्जली अर्पण गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande