
गुवाहाटी, 04 जुलाई, (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार प्रख्यात असमिया कवि हीरेन भट्टाचार्यको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। उनले भने, हीरेन भट्टचार्ले आफ्नो सरल, तर गहन संवेदनाहरूले भरिएका कविताहरूको माध्यमबाट असमिया साहित्यलाई नयाँ भाषा, नयाँ संवेदना तथा नयाँ दिशा प्रदान गरे।
मुख्यमन्त्रीले सोशल मीडियामा साझा गरेका आफ्नो सन्देशमा भने, शब्दहरूलाई हृदयको धड़्कनमा बदल्ने अद्भुत क्षमता राख्ने 'हीरुदा'-ले आधुनिक असमिया कवितामा एउटा नयाँ युगको शुरुआत गरे। उनका रचनाहरूको मधुरता, विचार औ साहित्यिक धरोहरले भावी पिँढ़ीलाई प्रेरित गरिरहनेछ।
मुख्यमन्त्रीले दिवङ्गत कविलाई श्रद्धापूर्वक नमन गर्दै उनलाी आफ्नो विनम्र श्रद्धाञ्जली अर्पण गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा