
गुवाहाटी, 04 जुलाई, (हि.स.)। महानगरको रुक्मिणीगाउँ फ्लाइओभरमा गए शुक्रवार अबेर राती भएको सड़क दुर्घटनामा एकजना बाइक सवारको घटनास्थलमै मृत्यु भयो।
प्राप्त जानकारी अनुसार द्रूत गतिको बीएमडब्ल्यू बाइक फ्लाइओभरमा खड़ा गुवाहाटी नगरनिगम (जीएमसी)- को एउटा वाहनसित ठोक्कियो। यस भयानक ठक्करमा बाइक सवारको घटनास्थलमै मृत्यु भयो।
घटनाको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर जाँच गर्न शुरू गऱ्यो। मृतकको पहिचान दिव्यांशी अग्रवालको रूपमा गरिएको छ। दुर्घटनाको कारण पत्तो लगााइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा