नवी मुम्बई अन्तररराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सेवा शुरु, अबुधाबीका लागि एयर इन्डिया एक्सप्रेसको पहिलो उडान
एयर इंडिया एक्सप्रेस के विमान का फोटो


नयाँ दिल्ली/अबुधाबी, १५ जुलाई (हि.स.)। नवी मुम्बई अन्तररराष्ट्रिय विमानस्थलबाट बुधबार अन्तरराष्ट्रिय हवाई सेवाको औपचारिक शुरुवात भएको छ। यस अवसरमा एयर इन्डिया एक्सप्रेसले अबुधाबीका लागि पहिलो अन्तरराष्ट्रिय उडान सञ्चालन गरेको हो।

करिब १०० यात्रु बोकेको एयर इन्डिया एक्सप्रेसको विमान भारतीय समयअनुसार राति २:५५ बजी नवी मुम्बईबाट उडेको थियो। करिब साढे दुई घण्टाको उडानपछि विमान संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबी अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयरलाइन्सले जनाएको छ।

एयर इन्डिया एक्सप्रेसका अनुसार, यो उडान बोइङ ७३७ म्याक्स-८ विमानमार्फत सञ्चालन गरिएको हो। उडानअघि विमानका पाइलटले यसलाई ऐतिहासिक तथा महत्वपूर्ण यात्रा बताएका थिए।

यस उडानसँगै छिट्टै बिग्रिने (पेरिसेबल) वस्तुहरूको पहिलो अन्तरराष्ट्रिय कार्गो खेप पनि पठाइएको छ। एयर इन्डिया एक्सप्रेसले अबुधाबीका लागि सातामा तीन पटक नियमित उडान सञ्चालन गर्ने जनाएको छ।

उल्लेखनीय छ, नवी मुम्बई अन्तररराष्ट्रिय विमानस्थलबाट घरेलु उडान सेवा २५ दिसम्बर २०२५ देखि शुरु भएको थियो। विमानस्थलको विकास नवी मुम्बई इन्टरनेशनल एयरपोर्ट लिमिटेड (एनएमआईएएल) ले विभिन्न चरणमा गरिरहेको छ। यस कम्पनीमा एएएचएलको ७४ प्रतिशत र सिटी एन्ड इन्डस्ट्रियल डेभलपमेन्ट कर्पोरेशन (सिडको) को बाँकी २६ प्रतिशत स्वामित्व रहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande