
गान्तोक, 18 जुलाई (हि.स.)। पाकिम जिल्लाकी जिल्लापाल परी बिश्नोईले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग लोकभवनमा शिष्टाचार भेट गरिन्।
लोकभवनका अनुसार, भेटका क्रममा जिल्लापाल परी बिश्नोईले पाकिम जिल्लामा भइरहेका विभिन्न गतिविधिबारे राज्यपाललाई जानकारी गराइन्। उनले विशेषगरी विमानस्थल, रेलमार्ग तथा सडक सम्पर्कसँग सम्बन्धित पूर्वाधार विकासका क्षेत्रमा राज्य सरकारद्वारा भइरहेको प्रगतिबारे विस्तृत जानकारी गराइन्।
बैठकमा जिल्लापालले बरदाङस्थित प्रेरणा स्थलसॅंग सम्बन्धित प्रगतिको बारेमा पनि जानकारी दिइन। राज्यपालले यसलाई जनसाधारणका लागि प्रेरणाको महत्वपूर्ण स्रोत बताउॅंदै त्यहाँ भइरहेका कार्यहरूको नियमित समीक्षा गरी यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिए।
हिन्दुस्थान समाचार / बिशाल