महानदी बजार क्षेत्रमा बाँदरको आतङ्क, मानिसहरुद्वारा सम्बन्धित विभागमा गुहार
महानदी बजार क्षेत्रमा बाँदरको आंतक


खरसाङ, 18 जुलाई (हि.स.)। खरसाङ महकुमा अन्तर्गत महानदी बजार क्षेत्रमा बाँदरको उपद्रवले मानिसहरु हैरान बनेका छन्। महानदी बजारको हरेक घर र दोकानतिर आएर बाँदरले उपद्रव मचाइरहेकाले स्थानीय मानिसहरु आतङ्कीत बनेका छन्।

महानदी क्षेत्रको मूल रोडतिर मात्र नभई घर घरमा पुगेर बाँदरले मानिसहरुलाई दु:ख दिइरहेको छ। घर र दोकानबाट सामानहरु लिएर जाने गर्नुका साथै धेरै क्षति गरिरहेको बताइएको छ। बाँदरहरुका हुल नै आउने गरेकाले मानिसहरु आतङ्कीत बनेको र घरमा साना नानीहरुको सुरक्षालाई लिएर चिन्ता बढाएको छ।

यस अतिरिक्त, बाँदरले घरमा आपूर्ति भइरहेका पानीका पाइपहरु काटिदिने र आवश्यक चीजबीजहरु पनि तोडफोड गर्ने गरेको पीडितहरूले बताएका छन्। महानदी क्षेत्रमा बाँदरको उपद्रोले गर्दा मानिसहरु हैरान भएर सम्बन्धित विभागमा गुहार लगाउन बाध्य बनेका छन्। बाँदरको उपद्रवलाई रोकथाम गर्न मानिसहरुले सम्बन्धित विभागमा अनुरोध गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande