तीनधारेमा खरसाङका विधायक सोनाम लामालाई वरिष्ठ नागरिकद्वारा सम्वर्द्धना
विधायक सोनाम लामालाई वरिष्ठ नागरिकद्वारा सम्वर्द्धना


खरसाङ, 18 जुलाई (हि.स.)। तीनधारे वरिष्ठ नागरिक कल्याण संगठनले आफ्नो निजी भवनमा आज एक भव्य सम्बर्द्धना समारोह आयोजना गरी खरसाङका विधायक सोनाम लामालाई सम्बर्द्धना जनाएको छ। संगठनका सभापति दावा दोर्जे लामाको अध्यक्षतामा आयोजित कार्यक्रम विधायक लामालाई सम्बर्द्धना जनाइयो। विधायकलाई परम्परागत गोर्खे टोपी पहिराई अभिनन्दन जनाइयो।

संगठनका सचिव सुरेशचन्द्र दर्नालले स्थानीय विभिन्न आधारभूत आवश्यकताहरुबारे विधायक समक्ष ज्ञापन पत्र पेश गरे। उनले ज्ञापन पत्रमा दीर्घकालीन तीनधारे राजबारीको उप स्वास्थ्य केन्द्रलाई बीस बेडेड स्वास्थ्य केन्द्रमा परिणत गरिनु पर्ने, तीनधारे क्षेत्र एक प्रतिष्ठित उद्योग केन्द्र भएकाले अग्निशमन विभाग केन्द्र स्थापित गरिनु पर्ने, यस क्षेत्रका महिलाहरूलाई पनि सरकारको नि:शुल्क बस यात्राको सुविधा सुनिश्चित गर्नुपर्ने आदि जस्ता मागहरू गरेका छन्।

विधायक लामाले वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेबाट यसरी सम्बर्द्धना कार्यक्रम आयोजना गरी आफूलाई सम्मान जनाएकोमा हर्ष प्रकट गरे। उनले शिक्षा, स्वास्थ्य, सड़क जस्ता अनि जनताका विभिन्न आधारभूत आवश्यकताहरुलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। उनले जनताको मत र विश्वासलाई कहिल्यै खेर जान नदिने र सधैँ जनताकै सुख र दुःखमा साथ रहने भरोसा व्यक्त गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande