शिक्षकहरुका समस्याहरुको समाधानका लागि भाजपा शिक्षक सेलको गठन
भाजपा शिक्षक सेलको गठन


खरसाङ, 18 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) को भातृ संगठनको रुपमा शिक्षक प्रकोष्ठ गठन गरिएको छ। जीटीए क्षेत्रमा सरकारी विद्यालय भवनहरुको जीर्णा अवस्था, शिक्षक-शिक्षिकाहरूले भोग्न परिरहेका विभिन्न समस्याहरूका साथै सरकारी विद्यालयमा विद्यार्थीहरूको घट्दो संख्यालाई ध्यानमा राख्दै दार्जिलिङ कालेबुङ जिल्ला भाजपा शिक्षक प्रकोष्ठ गठन गरिएको छ।

भाजपा शिक्षक प्रकोष्ठनले आज खरसाङ महकुमा अन्तर्गत सबै विद्यालयका शिक्षक-शिक्षिकाहरुलाई लिएर एक जरुरी सभाको आयोजना गर्यो। खरसाङको भाजपा पार्टी कार्यालयमा सम्पन्न भएको उक्त सभाको अध्यक्षता शिक्षक प्रकाष्ठ दार्जिलिङका बिनय देवानले गरेको थियो।

सभामा जीटीए क्षेत्रमा शिक्षकहरूले भोग्न परिरहेका समस्याहरु, विद्यालय भवनहरुको जीर्णावस्था, अनुकम्प नियुक्ति, महकुमा अन्तर्गत सर्कल कमिटी अनि युनिट कमिटीको गठन, वर्तमान जीटीए अनि भविष्यमा हुने नयाँ व्यवस्थाको शिक्षा विभागमा भाजपा शिक्षक सेलको भूमिका आदि विषयमा चर्चा परिचर्चा गरियो।

सभामा भाजपा दार्जिलिङ जिल्ला प्रवक्ता निरज थापाले भाजपा शिक्षक प्रकोष्ठ गठन गरिनुको आवश्यकतामाथि प्रकाश पारे। उनले प्रकोष्ठको मध्यमद्वारा शिक्षकहरुका विभिन्न समस्याहरुको समाधानका लागि काम गर्ने बताए।

सभामा खरसाङ महकुमा अन्तर्गत चारवटा सर्कलहरु क्रमैले सोनादा सर्कल, खरसाङ टाउन सर्कल, तीनधारे महानदी सुकना सर्कल, मामरिङ लाटपञ्जार सर्कलहरुमा संयोजकहरु नियुक्त गरिएको छ। आगामी दिनहरूमा संयोजकहरुले आ आफ्नो सर्कलमा सर्कल कमिटी गठन गर्ने बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande