20 जुलाईदेखि सिक्किम सरकारको बजेट अधिवेशन
20 जुलाईदेखि सिक्किम सरकारको बजेट अधिवेशन


गान्तोक, 18 जुलाई (हि.स.)। सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा र उपाध्यक्ष राजकुमारी थापाले आज लोकभवनमा राज्यपाल ओमप्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे। भेटको क्रममा अध्यक्ष शेर्पाले राज्यपाललाई आगामी 20 जुलाई, 2026 देखि शुरू भइरहेको बजेट सत्रमा सहभागी बन्न र सिक्किम विधानसभालाई सम्बोधित गर्न आमन्त्रित गरे।

लोकभवनका अनुसार, विधानसभा अध्यक्षले राज्यपाललाई 11औं विधानसभा (चतुर्थ सत्र, भाग-द्वितीय) को वित्तीय वर्ष 2026-27 को बजेट सत्रबारे जानकारी दिए। राज्यपालले निमन्त्रणा स्वीकार गर्दै आफ्नो शुभकामना दिए।

यस अवसरमा विधानसभाका सचिव ललित गुरुङ, प्रधान निदेशक कर्म टीजी भोटिया र विधानसभा अध्यक्षका निजी सचिव आदर्श छेत्री पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande