सालानपुर ब्लकमा बालुवा सङ्कटबाट राहत पाउने आशा, टेण्डर प्रक्रिया शुरू हुनाले स्थानीय मानिसहरूले राहत महसूस गरे
सालानपुर ब्लकमा बालुवा सङ्कटबाट राहत पाउने आशा, टेण्डर प्रक्रिया शुरू हुनाले स्थानीय मानिसहरूले राहत महसूस गरे


पश्चिम बर्दवान, 21 जुलाई (हि.स.)। पछिल्लो लामो समयदेखिको बालुवाको अभावसित जुझ्दै आइरहेको सालानपुर ब्लकको लागि राहतको खबर छ। जिल्लामा आज जफत गरिएको बालुवालाई बिक्री गर्नको लागि टेण्डर प्रक्रिया शुरू गरियो। प्रशासनले सालानपुर ब्लकका नामोकेशिया र जीतपुरमा जफत गरेर राखिएको लगभग एक लाख 66 हजार सीएफटी बालुवालाई टेण्डरको माध्यमबाट सर्वसाधारण मानिसहरूको लागि उपलब्ध गराउने पहल गरेको छ।

जानकारी अनुसार बितेको सोमवार यस टेण्डर प्रक्रियामा सात वटा कम्पनीहरूले भाग लिए जसमा कोलकाताको कम्पनी पनि सामेल छ। प्रशासनले यो बालुवाको लागि न्यूनतम 2 हजार 250 रुपियाँ प्रतिसीएफटी निर्धारित गरेको छ। तथापि सम्बन्धित मानिसहरूको मान्यता छ, प्रतिस्पर्धी बोलीको कारणले अन्तिम मूल्य लगभग चार हजार रुपियाँ प्रतिसीएफटीसम्म पुग्नसक्छ।

यद्यपि बालुवाको मूल्य पहिलाको तुलनामा अधिक रहने सम्भावना भए पनि दुर्गा पूजापूर्व यस पहलको माध्यमबाट क्षेत्रमा बालुवाको अभाव केही हदसम्म पूरा हुने अनि निर्माण कार्यले गति पाउने आशा व्यक्त गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande