दार्जिलिङ प्रेस गिल्डको वार्षिक साधारण सभा, नयाँ कार्यकारी समिति गठित
दार्जीलिङ प्रेस गिल्डको वार्षिक साधारण सभा अनि नयाँ पदाधिकारी चयन


दार्जिलिङ, 25 जुलाई (हि.स.)। दार्जिलिङ प्रेस गिल्डको नयाँ कार्यकारी समिति गठन गरिएको छ। शनिवार दार्जिलिङ प्रेस गिल्डको वार्षिक साधारण सभा सम्पन्न भयो। सोही सभामा पुरानो कमिटीलाई विघटन गरी नयाँ कमिटी गठन गरिएको हो।

समितिमा पत्रकार दिप गजमेर सभापति निर्वाचित भएका छन्। यसैगरी, विनय शंकर सचिव तथा सुनिल शंकर कोषाध्यक्ष पदमामा निर्वाचित भएका छन्। नवनिर्वाचित पदाधिकारीहरूलाई पत्रकार तथा शुभचिन्तकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

नयाँ नेतृत्वले पत्रकारहरूको हित संरक्षण, प्रेस स्वतन्त्रताको प्रवर्द्धन तथा दार्जिलिङ प्रेस गिल्डलाई अझ सक्रिय र सशक्त बनाउँदै लैजाने अपेक्षा गरिएको छ। निर्वाचन सम्पन्न भएसँगै दार्जिलिङ प्रेस गिल्डले नयाँ नेतृत्वको साथमा आगामी कार्ययोजनाहरू अघि बढाउने जनाएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande