
गान्तोक, 25 जुलाई (हि.स.)। एसएफए ए डिभिजन एस-लिग 2026 मा ब्रदरवुड फुटबल क्लबले प्रतिद्वन्दी दल रेड पान्डा फुटबल क्लबलाई पराजित गऱ्यो। यस प्रतियोगिताको आयोजना सिक्किम फुटबल एसोसिएशनले अखिल भारतीय फुटबल महासंघको तत्वावधानमा राजधानीको पाल्जोर स्टेडियममा गरिरहेको छ।
लिग अन्तर्गत आज खेलिएको 9औं खेलमा ब्रदरवुड फुटबल क्लबले रेड पान्डा फुटबल क्लबलाई 2-1 गोलले पराजित गऱ्यो। ब्रदरवुड एफसीको तर्फबाट शैलेश प्रधान र सोइबाम रोशन सिंहले एक-एक गोल गरे भने रेड पान्डा एफसीको तर्फबाट एकमात्र गोल कुन्जमान थापाले गरे।
हिन्दुस्थान समाचार / बिशाल